Bish Hajari Taal

मनमोहक बीसहजारी ताल

२०७५ चैत ३० (13 April , 2019) | Source: Online Khabar

चितवन । चितवनभन्दा साथ धेरैको सौराह सम्झिन्छन् । त्यसपछि चितवन राष्ट्रिय निकुञ्ज, जंगल सफारी आदि । तर, चितवनमा बिसहजारी ताल छ, यसको मनमोहकताले यहाँ पुग्ने जो कोहीलाई लोभ्याउँछ । भरतपुर चौबीसकोठीबाट गोन्द्राङ हुँदै ९ कि.मी. पूर्व­दक्षिणमा अवस्थित छ यो ताल । प्रकृतिको एउटा अनुपम सिर्जना यो तालमा देख्न सकिन्छ ।

जंगलको बीचमा अवस्थित यो तालको पर्यटकीय हिसावले प्रवर्द्धन हुन भनेको छैन ।

यो ताल पूर्वी चितवनबाट ल्याएको नहरको कारण बनेको हो । बाँधबाट बीसहजार फुट टाढा धेरैवटा तालहरू बनेकोले बीसहजारी ताल नामकरण गरिएको हो । विश्व सिमसार क्षेत्रमा सूचीकृत यो क्षेत्र जैविक विविधताले सम्पन्न छ ।

सरकारले पर्यटन वर्ष २०२० लाई लक्षित गरी घोषणा गरेको एक सय पर्यटकीय गन्तब्यको सूचीमा यो ताल पनि परेको छ । सौराहाको टिकौली सामुदायिक वनबाट जीप सफारी होस् वा वरण्डाभार मध्यवर्ती वनको हात्तीसयर, दुर्लभ वन्यजन्तु, बाघ, गैंडा, मृग, गोही र घुमन्ते चराहरु अवलोकन गर्न बीसहजारी ताल क्षेत्र आकर्षण गन्तव्यको रुपमा परिचित छ ।

वन्यजन्तु कोरीडोर अन्तरगत वरण्डाभार क्षेत्रमा पर्ने बीसहजारीताल क्षेत्र साल प्रजातिका विशाल वृक्षहरुको लागि प्रख्यात छ । चारभाइ साल, वेतघारी फरक फरक आकृतिका तालहरु, विभिन्न प्रजातिका वनस्पती, पुतली तथा माछाहरू, मगर गोही, घडियाल गोही, चराचुरुङ्गी आदि यहाँका आकर्षण हुन् ।

टाढा टाढाबाट उडेर आउने साइवेरियन चराहरु समेत यहाँ देख्न पाइन्छ । तालको वरपर रहेका वृक्षहरुको आकृति तालमा समेत देखिदा मन आलादित हुन्छ ।

पर्यटक विश्राम स्थल, टावर, खानेपानी, शौचालय, सूचना केन्द्र निर्माण भइसकेको छ । यस क्षेत्रमा सत्रहजार तालदेखि वाइसहजार ताल, रातमाटे ताल, अठ्ठाइस हजार ताल, मयुर ताल, किङ्गफिसर ताल, दक्षिणकाली ताल, लक्ष्मीताल, बाटुलीपोखरी सम्मको लेकसाइड सर्किट अवलोकन गर्न सकिन्छ ।

जङगल वाक, बोटिङ्ग, जिप सफारी, गाउँ भ्रमण तथा जातीय संस्कृति अवलोकन गर्न सकिन्छ ।

Bish Hajari Taal

Bish Hajari Taal

Bish Hajari Taal

Bish Hajari Taal

Bish Hajari Taal

Bish Hajari Taal

Bish Hajari Taal

Bish Hajari Taal

Bish Hajari Taal

Bish Hajari Taal