
Source: Setopati
सौराहामा जारी हात्ती महोत्सवको दोस्रो दिन आज हात्तीको पिकनिक र छावा फुटबल प्रतयोगिता भए। क्षेत्रीय होटल एसोसिएसन नेपाल चितवनले आयोजना गरेको हात्ती महोत्सवमा हजारौ दर्शकले हात्तीको पिकनिक अवलोकन गरेका थिए।
पर्यटन प्रवर्द्धनको उद्देश्यले गरिएको महोत्सवमा आन्तरिक तथा पर्यटकको उल्लेख्य उपस्थिति थियो। एसोसिएसनका प्रथम उपाध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक सुमन घिमिरेका अनुसार महोत्सवमा यसपटक हात्ती पिकनिक विशेष आकर्षणका रुपमा रहेको बताए। हात्ती पिकनिकमा सौराहा क्षेत्रका करिब एक सय हात्ती सहभागी थिए।
सधैंजसो काममा लगाइने हात्तीलाई एक दिन काममा नलगाई भेला गरेर आहारा खुवाउने कार्यक्रमबाट पर्यटकले समेत मनोरञ्जन लिने आयोजकको दाबी छ। हात्तीदौड प्रतियोगिता, हात्तीका छावाहरुको फुटबल प्रतियोगिता, हात्तीको सृङ्गार, गाडा दौड, डुङ्गा प्रतियोगिता महोत्सवका अन्य आकर्षण रहेका छन्।