Events and Activities in Chitwan

Events and Activities in Chitwan

The major events and activities celebrated or enjoyed in Chitwan are Chitwan Mahotsav, Elephant Race at Sauraha and Elephant Polo at Meghauli. Chitwan Mahotsav is celebrated in every odd Nepalese Year and Elephant Race, Elephant Polo is played every year in Chitwan. In last recent years some other events and activities are being carried out. The newly added events and activities are: Elephant Beauty Contest, Ratnanagar Mahotsav, Food Festival in Sauraha etc.

हात्तीको सहर (Kantipur)

पुस २५, २०७२- आन्दोलन, नाकाबन्दी र भूकम्पले थलिएको पर्यटन व्यवसाय धराशयी भएको बेला चितवनमा हालै आयाजित हात्ती महोत्सवले सबैको ध्यान खिच्यो । पहिले पहिले हात्तीको प्रयोग ढुवानी र युद्धमा हुन्थ्यो । तर यस महोत्सवमा हात्तीले आफ्ना अरू कौशल देखाए । समृद्धिकलीको क्याटवाकले हात्ती सुन्दरीको ताज जित्दा होस् वा एकताकली ‘बी’ को लम्काइले बाँकी हात्तीहरूलाई पछाडि छाड्दा दर्शकदीर्धामा बसेका मानिसहरूको तालीको गडगडाहट सुनिन्थ्यो ।

सौरहा निकुन्जको मेसी उपनामले चिनिने हात्तीले फुटबल खेलमा गोल हेर्दा हलिउड फिल्म ‘आइस एज’ को कुनै दृश्यझैं भान हुन्थ्यो । ५८ वटा निजीसहित गरेर जम्मा ८० वटा हात्ती सम्मिलित सामूहिक वनभोजको माहोल उत्तिकै उल्लासमय थियो । विभिन्न चरणहरू गरी पाँच दिनसम्म चलेको महोत्सवमा टाँगा दौड, गाडा दौड र डुङ्गा दौड गरिएका थिए । मुख्य आकर्षण चजे हात्तीमै थियो ।

चितवनलाई जनवारमैत्री बनाउन साथै हात्ती र मानवबीचको सम्बन्धलाई जोड दिन महोत्सव गरिएको आयोजक सुमन घिमिरे बताउँछन् । हिन्दु धर्मअनुसार हात्तीलाई भगवान् गणेशको स्वरूप मानिन्छ । हात्तीको टाङमुनि छिरे पुण्य कमाइने जनविश्वास छ । त्यसैले कोही आफ्ना स–साना सन्तान च्यापेर टाङमुनि छिरिरहेका थिए भने कोही माला पहिरिन आतुर थिए । यसबाहेक चितवनमा जंगल सफारी साथै हात्ती स्नानमा स्वदेशी तथा विदेशी पर्यटक झुम्मिँदा चितवन साँच्चिकै हात्तीकै सहरभैंm लाग्थ्यो ।

  • Events in Chitwan
  • Events in Chitwan
  • Events in Chitwan
  • Events in Chitwan
  • Events in Chitwan
  • Events in Chitwan
  • Events in Chitwan
  • Events in Chitwan
  • Events in Chitwan
  • Events in Chitwan

हात्ती महाेत्सवमा रमाए पर्यटक (Nagarik News)

चितवन– पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले क्षेत्रीय होटल संघ सौराहाले शनिबारदेखि पुस १५ सम्म सौराहामा हात्ती महोत्सवको आयोजना गरेको छ। समाज, संरक्षण र समृद्धि भन्ने मुल नाराका साथ सुरु भएको हात्ती महोत्सवको १२ औं संस्करणलार्इ तस्विरहरूमा यस्ताे देखिन्छ |

  • Events in Chitwan
  • Events in Chitwan
  • Events in Chitwan
  • Events in Chitwan
  • Events in Chitwan