Sunset in Narayani River

प्रकृतिले सजाएको सुनौलो नारायणी (फोटो फिचर)

२०७३ माघ १७ (January, 30 2017) | Source: Online Khabar

सूर्योदय र सूर्यास्त हेर्नका लागि चितवनको सौराह पुग्ने धेरै छन् । तर, नाराणगढसँगैको नारायणी नदी क्षेत्रबाट पनि सूर्योदय र सूर्यास्त कम्ति मनोरम देखिँदैन ।

यो समयमा रंगीन किरणले नारायणी नदीलाई यति सुन्दर बनाइदिन्छ कि मानौं त्यहाँ कलाकारले सुनौलो रंग छरिदिएका छन् । यो समय प्रकृतिलाई सूर्यको किरणले लाली लगाएर सजाएजस्तै गरिदिन्छ ।

नारायणी नदी किनारबाट विहान र बेलुका देखिने यस्तो दृश्यले जो कोहीको मन लोभ्याउनेमा आशंका रहँदैन । प्रकृतिको अनुपम छटालाई नियालेर शान्त भएर बगेको नदीमा समय बिचरण गर्न चाहानेका लागि एउटा खास पल यहाँ जन्मन सक्छ ।

नदीको छेवैबाट बहने चिसो बताससँगै शान्त वातावरणमा रमाउनेहरुका लागि नारायणी किनार उत्तम विकल्प बन्दैछ ।

यहाँ आजभोलि बिहान र बेलुकीको लोभलाग्दो सूर्योदय र सूर्यास्त हेर्नेहरुको भीड पनि देखिन्छ । नदी किनारमा मात्रै होइन, नारायणी पुलमै बसेर पनि नदीमा छल्किएको सुनौलो किरणको मज्जा लुट्नेहरु प्रशस्तै देखिन थालेका छन् ।

प्रकृतिको एउटा उत्कृष्ट बनोटको नमूना नदी किनारबाटै देखिन्छ । अब सूर्योदय र सूर्यास्त हेर्न सौराह पुग्नेले एक साँझ नारायणी किनारमा बिताएर हेर्ने कि ?

Sunset in Narayani River

Sunset in Narayani River

Sunset in Narayani River

Sunset in Narayani River

Sunset in Narayani River

Sunset in Narayani River

Sunset in Narayani River

Sunset in Narayani River

Sunset in Narayani River

Sunset in Narayani River

Sunset in Narayani River

Sunset in Narayani River

Sunset in Narayani River

Sunset in Narayani River