भिआइपीको भिडमा गैंडा

भिआइपीको भिडमा गैंडा

माघ १३, २०७६, Source: Kantipur

भिआइपीको भिडमा गैंडा चितवन — वागमती प्रदेशका पर्यटकीय स्थलहरु घुम्न काठमाडौंबाट निस्केका राजदूत र अन्य अधिकारीहरुको टोली सोमबार मध्यान्ह सौराहा आइपुग्यो । १२ भन्दा बढी देशका राजदूत आउने भनिए पनि तोकिएको समयभित्र सौराहामा नेपालका लागि मलेसिया र श्रीलंकाका राजदूत मात्रै आए । राजदूतहरुसहित भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्य, रत्ननर नरपालिकाका मेयर नारायण वनसहितको टोली निकुञ्ज घुम्न जाँदै थिए ।

 

भिआइपीको भिडमा गैंडा चितवन निकुञ्ज दुर्लभ वन्यजन्तु ठूलो एकसिंगे गैंडाको मुख्य बासस्थल हो। निकुञ्ज घुम्दा यो जनावर देख्न पाइन्छ। जीप सफारी गरेर निकुञ्ज जान लागेका पाहुना टोली जब होटलबाट निस्कँदै थिए बारीमा चर्दै गरेको गैंडा नै देखियो। गैंडा बिस्तारै विशिष्ट व्यक्तिहरु भएतर्फ नै आयो। यो गैंडा जंगल नबसेर प्राय सौराहा नजिकका खेत र गल्लीहरुमा नै डुल्ने गर्दछ। यो खासै आक्रमक पनि हुँदैन।

 

भिआइपीको भिडमा गैंडा स्वभाव बुझेका कारण रत्ननगर नगरपालिकाका मेयर नारायण वन गैंडाको आडैमा गएर फोटो खिचाए। त्यसपछि पाहुना टोली पनि फोटो खिच्न हौसियो। श्रीलंकन राजदूतले अलि परबाटै फोटो खिचिन्। मेलेसियन राजदूतले केही नजिक गएर सेल्फी लिए। बालबच्चा र नगर प्रमुखलाई आडैमा राखेर फोटो पनि खिचे। नेपाल भ्रमण वर्षका संयोजक सुरज वैद्य झनै उत्साहित देखिए।

 

भिआइपीको भिडमा गैंडा उनले गैंडालाई ढाडमा मुसार्दै तस्बिर खिच्न थाले। अन्य व्यक्तिहरु पनि नजिक नजिक गएर तस्बिर लिन थाले। विशिष्ट व्यक्तिहरुलाई जीप सफारीमा जान हतार थियो। केही बेरपछि उनीहरु निकुञ्जतर्फ सोझिए। गैंडा पनि बिस्तारै आफ्नो बाटो लाग्यो।

 

भिआइपीको भिडमा गैंडा सौराहामा यसरी बजार, वस्ती र खेतमा डुल्ने दुईवटा गैंडा छन्। एउटा गैंडा त निकै आक्रमक छ। कम आक्रमक मानिएको गैंडा पनि बेला बेलामा रिसाउने सौराहाका बासिन्दा बताउँछन्। तर गैंडा देखेपछि जोपनि नजिकै गएर फोटो खिच्न हुरुक्कै हुन्छन्।

 
  • Jeep Drive and Safari
  • Jeep Drive and Safari
  • Jeep Drive and Safari
  • Jeep Drive and Safari
  • Jeep Drive and Safari