
पुस १६, २०७३ (December, 31 2016) | Source: Kantipur
सौराहा पर्यटनका लागि विश्वमै ख्याती कमाएको गन्तव्य हो । वन्यजन्तु सफारीका लागि यो विश्वमै प्रख्यात छ । काठमाडौं र पोखरापछि सबैभन्दा बढी पर्यटक यहीं भित्रिन्छन् । त्यसैले यसलाई तेस्रो पर्यटकीय गन्तव्यका रुपमा अघि बढाइँदैछ ।
वन्यजन्तु अवलोकन, चरा अवलोकन, हात्ती सफारी, थारु संस्कृती अवलोकन र सूर्यअस्त अवलोकनका लागि यहाँ वर्षेनी स्वदेशी र विदेशी गरी डेढ लाखसम्म पर्यटक भित्रिने गरेका छन् ।
यहाँ चितवन निकुञ्जको पूर्वी सेक्टरको कार्यालयदेखि राष्ट्रिय प्रकृती संरक्षण कोषको ‘जैविक विविधता संरक्षण केन्द्र’लगायत छन् । यहाँ खुलेका सुविधासम्पन्न होटलले पर्यटकलाई हात्ती सफारीदेखि जंगल सफारी र चरा अवलोकनसम्म गराउने गरेको छ । सौराहाका पर्यटक व्यवसायीसंग नीजि हात्तीसमेत छन् । सरकारमातहत रहेको हात्ती प्रजननकेन्द्र, खोरसोरसमेत सौराहामै छ । वन्यजन्तुलाई नजिकबाट नियाल्न सौराहा काफी छ ।